'ब्रासलेट' को रोमान्टिक गीत रिलिज (भिडियो)

भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'ब्रासलेट' को नयाँ रोमान्टिक गीत रिलिज भएको छ । सार्वजनिक ‘मेरो जिन्दगीमा’ बोलको गीतमा यूवराज चौलागाई र दुर्गा परियारको स्वर, दीपक शर्माको संगीत, शान्तीप्रियको शब्द छ ।  यो चलचित्रमा रमेश उप्रेती, नम्रता सापकोटा, रजनी केसी, ऋतिक शाही, सुगम शर्मा, राजु बजाज, विनोद भट्टराई, सुनिता ठाकुरसहितको अभिनय रहेको छ । यसमा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, गोविन्द राई र कविराज गहतराजको नृत्य निर्देशन, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र शान्तिप्रियको गीत रहेको छ । चलचित्रलाई केशव भट्टराईले निर्माण गरेका हुन् भने निर्मल शर्माले निर्देशन गरेका हुन् । 



TAGS : Nirmal Sharma ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!