शुक्रबारबाट 'कालो पोथी' चलाउन पपकर्नको सिंगल थ्रिएटरसँग घम्साघम्सी

सिंगल थ्रिएटरका लागि मल्टिप्लेक्स सौता जस्तै हो । मल्टिप्लेक्समा आरामदायी सिट देखी विभिन्न कुराहरुको सुविधा हुने भएका कारण पछिल्लो समय दर्शकहरु पनि मल्टिप्लेक्समा चलचित्र हेर्न रुचाएको पाइन्छ । सिंगल थ्रिएटरमा भद्रगोल स्थितीले गर्दा पनि दर्शकहरु हलसम्म जान गाह्रो मान्छन् तर महंगो भएका कारण आयस्रोत अलि बढि हुनेहरु मात्र मल्टिप्लेक्समा पाइला टेक्ने गरेको कुरा सत्य हो । मल्टिप्लेक्समा दर्शकहरुले एक टिकटको ४ सयसम्म तिर्नु पर्ने हुन्छ तर सिंगल थ्रिएटरमा त्यहिँ चलचित्र हेर्न सय देखी २ सयसम्म तिर्दा पुग्छ । अहिले मल्टिप्लेक्समा दर्शकहरु मात्र होइन चलचित्रको निर्माणपक्ष पनि आकर्षित हुँदै गएको छ । मल्टिप्लेक्समा एक शो मात्र चलचित्र चल्यो भने त्यो रकम उठाउन सिंगल थ्रिएटरहरुले दुई शो चलाउन पर्छ । त्यसैले पनि अधिकांश निर्माताहरु मल्टिप्लेक्समा चलचित्र प्रदर्शन गर्न सधै घम्साघम्सी गरेको देख्न सकिन्छ । त्यस्तै भयो गएको शुक्रबार प्रदर्शनमा आएको चलचित्र 'कालो पोथी' लाई पनि । 

झण्डै तिन करोड बढिको लगानीमा निर्माण भएको चलचित्र कालो पोथी काठमाडौंका अधिकांश मल्टिप्लेक्समा प्रदर्शन भयो तर सिंगल थ्रिएटरमा भने एक हलमा पनि प्रदर्शन भएन् । सिंगल थ्रिएटरका सञ्चालकहरुले कालो पोथी चलाउन चाहिँरहँदा पनि वितरक कम्पनी पपकर्नले मल्टिप्लेक्समा मात्र चलचित्र प्रदर्शन गरायो । मल्टिप्लेक्समा दर्शकहरुले कालो पोथीलाई अत्याधिक रुचाएपछि पपकर्नले यो हप्तादेखी सिंगल थ्रिएटरमा पनि चलचित्र चलाउन खोज्दैछ तर सिंगल थ्रिएटरका सञ्चालकहरुले अब चलचित्र कालो पोथी नचलाउने बताएका छन् । रिलिज भएको एक हप्तापछि सिंगल हलले यो चलचित्र चलाउन मानिरहेका छैनन् । जसका कारण पपकर्न र सिंगल हलका संचालकविच विवाद देखिएको छ । रिल नेपाल डटकमलाई प्राप्त खबर अनुसार केहि दिन अगाडी पपकर्नका माधव वाग्ले र गोपिकृष्णका म्यानेजरविच यहिँ विषयलाई लिएर भनाभन समेत भएको थियो । अधिकांश सिंंगल हल संचालकहरु अबदेखि पपकर्नको चलचित्र नचलाउने मनसायमा रहेको पनि खबर यति बेला राम्रैसँग फैलिरहेको छ । यस अघिपनि पपकर्नले अधिकांश चलचित्र मल्टिप्लेक्समा मात्र केन्द्रित गरेको देख्न सकिन्छ । 


TAGS : Madhav Wagle ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!