एफडीले किन्यो २० लाखमा 'गाँठो', निर्देशक भुषाल भन्छन्, 'आधा लगानी सुरक्षित भो'

भदौ ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'गाँठो'लाई रिलिज अगावै चलचित्र वितरक कम्पनी एफडीले मोफसलका लागि २० लाखमा खरिद गरेको छ । वुधबार चलचित्रका निर्देशक एवं निर्माता सुरज भुषाल र एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । निर्देशक सुरज भुषालका अनुसार एफडी कम्पनीले चलचित्रलाई मोफसलका लागि २० लाख खरिद गरेपछि चलचित्रको आधा लगानी सुरक्षित भएको छ । मौन र होस्टेल रिटन्र्स निर्देशन गरेका भुषालले एमजी, डिजिटल राइट र विदेशको कलेक्स जोड्दा चलचित्रले प्रदर्शन अगावै आफ्नो आधा लगानी सुरक्षित गरिसकेको जानकारी दिए । नम्रता श्रेष्ठ, नाजिर हुसेन, नम्रता श्रेष्ठ, अभय बराल, अरुणा कोईराला, ध्रुव कार्की लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको यो चलचित्रलाई तिलकबहादुर क्षेत्री र सुरज भुषालले मिलेर निर्माण गरेका हुन् । 


TAGS : Suraj Bhusal ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!