'जय पर्शुराम' को इन्डक्ल्याप, ५ लाखको सेटमा गीत खिच्न मात्र ६ दिन लाग्यो

यसअघि सबै छायाँकन सकाइएकोे चलचित्र 'जय पर्शुराम' को एक गीत खिच्न बाँकी थियो त्यो पनि ६ दिन लगाएर सकाइएको छ । ५ लाख बढि खर्चमा सेट तयार गरेर भण्डारखाल, गोदावरी लगायतका ठाउँमा लिड कलाकार विराज र निशा अधिकारी फिचरिङमा रहेको गीत खिचिएको थियो । अब चलचित्रको कुनै पनि दृश्य खिच्न बाँकी छैन । हाल सम्पादन टेवुलमा रहेको चलचित्र जय पर्शुरामको रिलिज डेट पनि तय गरिसकिएको छ । साउन ३१ गतेबाट प्रदर्शनमा उत्रिने बताइएको चलचित्र जय पर्शुराममा ५ बर्षपनि विराज भट्टले कमब्याक गरेका छन् । विराज भट्ट मात्र होइन नायक तथा निर्माता रोज राणाले पनि ५ बर्षपछि जय पर्शुराम निर्माण गरेका हुन् । यो चलचित्र रोज आफैले निर्देशन पनि गरेका हुन् । विराज भट्ट र निशा अधिकारीको प्रमुख भुमिका रहेको यो चलचित्रमा  रामजी लामिछानेको कोरियोग्राफी छ भने रामेश्वर कार्कीको छायाँकन छ ।


TAGS : Biraj Bhatta , Nisha Adhikari , Roj Rana ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!