भुटानी शरणार्थीको कथा हरियो ढुङ्गामा

रिल नेपाल डटकम । भुटानी शरणार्थीको कथामा आधारित ‘हरियो ढुङ्गा’ नामक नाटक शिल्पी थियटरमा मञ्चन भइरहेको छ ।


नाटक शरणार्थीले भोग्नुपरेको पीडादेखि पुनर्बासका लागि विदेश लगिनेसम्म प्रस्तुत गरिएको छ । उपेन्द्र सुब्बाले लेख्नुभएको सो नाटक सुनिल पोखरेलले निर्देशन गर्नुभएको छ । यो नाटक परिकल्पना मात्र नभएर यो यथार्थ पनि हो, जीवन र भोगाइको ।


नाटकमा बाध्यताले विदेशिने शरणार्थी र रहरले विदेशिने नेपालीको पीडालाई दर्शाएउन प्रयास गरिएको छ ।


शरणार्थीसँग नाम, जात, बुवा आमा सबै छन् तर स्थायी ठेगाना छैन, राष्ट्रियता छैन । नियमहरु पनि उनीहरुको विरुद्ध छ जसले नेपालमै जन्मिएर, यतै हुर्किएकालाई पनि नेपाली स्वीकार्दैन । किनकि उनीहरु शरणार्थी क्याम्पमा जन्मिएका हुन्छन् जुन पिडालाई नाटकमा प्रस्तुत गरिएको छ ।


भुटानी राष्ट्रिय गान बजेलगत्तै सुरु हुने नाटकमा शरणार्थीहरु नारा लगाउँछन्  ‘नेपाल सरकार बोली देउ, भारत सरकार बाटो देऊ, भुटान सरकार माटो देऊ’ तर उनीहरु सुनिँदैनन्।


बाध्यता, आशा, दुःख, पीडा, कष्ट, एक्लोपन, पारिवारिक वियोगबीच पनि रहँदै आएको सद्भाव, एकता र सरल जीवनशैलीको कथा भन्छ‘हरियो ढुङ्गा’ले ।


’ज्ञ’को प्रस्तति रहेको ‘हरियो ढुङ्गा’लाई सुनील पोखरेलले निर्देशन गर्नुभएको हो । नाटकमा विपिन कार्की, सुनिशा बजगाँई, आभाष अधिकारी, अनिल सुब्बा, मौसम खड्का, राज न्यौपाने, अर्जुन सिवाकोटी, दीपेन्द्र शाही, सुरज तमु, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात वाँस्कोटा, अर्जुन थापा, कृतिका भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ । नाटक पुस २२ गतेसम्म मञ्चन हुने आयोजकले जनाइएको छ ।


MOVIES THIS WEEK

No Movies!