रजनीकान्तको '२.०' का कारण पछाडी धकेलियो लिलिबिली

चलचित्र 'प्रेमगीत'बाट चर्चामा आएका युवा स्टार प्रदीप खड्का अभिनीत पछिल्लो चलचित्र ‘लिलिबिली’ पूर्व निर्धारित मिति चैत ३० गते प्रदर्शनमा नआउने भएको छ| पोस्टप्रोडक्शन कार्य लम्बिने भएपछि 'लिलिबिली' निर्धारित मितिबाट पछि धकेलिदै बैशाख १४ गतेबाट प्रदर्शनमा आउने अनऔपचारिक जानकारी प्राप्त भएको छ | 

चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार चाँडैनै चलचित्रको  एक गीत सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति बैशाख १४ घोषणा गरिनेछ । यसो त बलिउड स्टार अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्त अभिनीत बहुप्रतिक्षित चलचित्र 'रोबट २' अप्रिल १४ अर्थात् बैशाख १ बाट बिश्वब्यापी प्रदर्शन हुने भएपछि 'लिलिबिली' पछाडी हटेको मानिएको छ |  

मिलन चाम्स निर्देशित यस चलचित्रमा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुल र नेपालमा चलचित्रको छायांकन गरिएको हो। 


TAGS : Lily Bily , Milan Chams , Pradeep Khadka , Priyanka Karki , Gobinda Shahi , Jashita Gururng , Anoop Bikram Shahi ,


MOVIES THIS WEEK

No Movies!