'यो कथा हो तिम्रो मेरो'ले दर्शकको मन छुन्छ त ?

गत शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र 'यो कथा हो तिम्रो मेरो'को आइतबार राजधानीमा प्रेस शो गरिएको छ | हरितालिका तीजको अवसर पारेर बिहिबारबाटै चितवन र पोखरामा रिलिज गरिएको चलचित्र शुक्रबारबाट औपचारिक रुपमा देशब्यापी प्रदर्शनमा आएको थियो |


'द फ्रेम क्रियशन प्रा. लि.को ब्यानरमा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्र समग्रमा उत्कृष्ट भएको प्रतिक्रिया प्रेस शोमा उपस्थित संचारकर्मी एवम् अथितिहरुले दिएका छन् | रमेश प्रजापतिको लगानीमा राम बुढाथोकी र अनिल हेक्काको निर्माण रहेको चलचित्रमा रमेश कुमार राईको कथा,सुरेश बज्राचार्यको छायांकन,बनिष शाहको सम्पादन एवम् विकास चौधरीको संगीत रहेको छ | 


सबै मानिसका जीवनका आ-आफ्नै कथा,जीवनका भोगाई,उतार चढाव,प्रेम,प्रेममा हुने त्याग,समर्पण र बलिदानी | समग्रमा भन्नुपर्दा मानिसको जीवन कथा हो 'यो कथा हो तिम्रो मेरो' | चलचित्रमा मानिसले भोगेको जीवन,देखेको सपना र संस्कारमाथि आएको विचलन र त्यसले परेको प्रभावलाई कलात्मक ढंगमा प्रस्तुत गरिएको छ |


सुमन सिंह,रवि कार्की,रिश्ता बस्नेत,गणेश उप्रेती,रुपा राणा,बिमला गिरी,निर्देशक स्वयंम प्रतिकसंगै अथिति भूमिकामा दिनेश डिसी लगायतका कलाकारको अभिनय रहेको चलचित्र शुक्रबारबाटै प्रदर्शनमा आएको 'उत्सव'संगै 'कोहिनूर','ताण्डव' र 'ठूली'संग प्रदर्शन भैरहेको छ |   

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!