'इस्केप'को टिजर सार्वजनिक : लाघु औषध दुर्वेसनी मुख्य कथावस्तु (भिडियो सहित)

लागूऔषध दुर्वेसनीमा आधारित भै निर्माण गरिएको पछिल्लो चलचित्र ‘स्केप’को टिजर सार्वजनिक गरिएको छ | चलचित्र सम्पादनबाट निर्देशनमा हात हालेका अनन्त घिमिरे निर्देशित एक्शन थ्रिलर चलचित्र ‘स्केप’लाई अमिता ढुङ्गाना र कमल श्रेष्ठले निर्माण गरेका हुन् |

 
प्रदिप मिडियालेको ब्यानरमा निर्माण भएको चलचित्रमा मा प्रदिप खड्का, रिमा विश्वकर्मा,कमल श्रेष्ठ,मुक्त बाबु आचार्य,निश्चल खरेल,सन्तोष के कार्की,निश्चल लामा,बिष्णु सुबेदी,प्रकाश श्रेष्ठ,रस्मि भट्ट,कबिता आचार्य,अरभ घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । 

 
मुख्य अभिनेता समेत रहेका  प्रदिप खड्काको कथा,पटकथा एवम संवाद रहेको चलचित्रलाई चन्द्रमान ढंगोलले खिचेका छन् | चलचित्रमा अमित श्रेष्ठले संगीत भरेका छन् |

चलचित्रको टिजर हेर्नुहोस् :-

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!