फ्यानसँगको प्रत्यक्ष सम्पर्कका लागि जीवनको 'एप्स' अब आइओएसमा पनि

पछिल्लो समय प्रबिधिको विकासले संसार सिमित घेरामा बाधिएको छ | बिश्वका विकाशील राष्ट्रहरुले आफुलाई समय अनुकुल जसरी ढालीरहेका छन् त्यसरीनै हाम्रो राष्ट्र जस्ता कैयन विकासउन्मुख मुलुक,उनिहरुको सिकोमा लागिरहेका छौ | 


समय संगै परिवर्तित नयाँ अभ्यस्त पुस्तामा सूचना प्रबिधिप्रतिको लगाव र समर्पणले नयाँ सोचको विकास हुदैछ | प्रबिधिको व्यापक प्रयोगसंगै भित्रिएका ग्याजेटप्रतिको आकर्षण र त्यसमा हुने विभिन्न एप्स र सफ्टवेयरमार्फत आफूलाई चाहिएका सामग्री खोज्ने युवापुस्ताको आकर्षण पछिल्लो समय बढ्दै गएको छ । 


यो आकर्षणलाई प्रबिधिको प्रयोगमा अन्य सेलिब्रेटीको तुलनामा अगाडी रहेका चर्चित अभिनेता जीवन लुइँटेलले पनि बुझ्दै आफ्नो व्यक्तिगत समाचार, भिडियो, फोटो, चलचित्र आदि इत्यादीका बारेमा आफ्ना फ्यानका लागि सम्पूर्ण जानकारी प्रदान गर्न बनाएको एन्ड्रोइड 'एप्स' को राम्रो प्रतिकृया पछी IOS User को लागी पनि अब एप्पलको App Store मा पनि आफ्नो एप्स समाबेश गरेका छन् |


आफ्ना फ्यानसँगको प्रत्यक्ष सम्पर्कका लागि बनाएको उक्त 'एप्स'लाई नेपाली एनड्रोइड एप स्टोर AppsJhola ले पनि प्रबर्द्धन गरेको छ । 

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!