"एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार" : के छ त समारोहमा विशेष ?

नेपाली चलचित्र क्षेत्रमा समर्पित नयाँ तथा पुराना पुस्तालाई एकीकृत गर्दै उनिहरुको योगदानको कदर स्वरूप सम्मानका लागि स्थापना गरिएको "एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार"को दोश्रो संस्करण आउदो शनिबार अर्थात् भाद्र २१ गते राजधानीमा आयोजना हुदैछ |  


 दशकौदेखि नेपाली चलचित्र उद्योगमा समर्पित भइ आफ्नो अमुल्य योगदान पुर्याएका अग्रज कलाकारप्रति सम्मान प्रकट गर्दै उनीहरूकै नाममा नामकरण गरिएको यस पुरस्कारले नयाँ र पुराना कलाकारबीचको कोसेढुंगाको काम गरेको छ। 

 राष्ट्रकै प्रतिष्ठित एवम् ठुलो चलचित्र निर्माण संस्था गोपीकृष्ण मुभीजले आयोजना गर्ने समारोहलाई भब्य एवम् गरिमामय बनाउन सिनेकर्मी,रंगपत्रकार तथा चलचित्र क्षेत्रका सबै व्यक्तिहरु यतिबेला लागि परेका छन् |


स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति सम्मान स्वरूप समर्पित गरिने सांगीतिक प्रस्तुतिबाट सुरु हुने समारोहमा चर्चित कलाकारहरुबाट विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रहने जनाइएको छ |

 यस्तै,आठ वर्ष अगाडि चलचित्र क्षेत्रबाट हराई अमेरिका पलायन भएका अभिनेता रमेश उप्रेतीले अभिनेत्री करिश्मा मानन्धरसंग स्टेज सेयर गर्ने भएका छन् |त्यसैगरी कार्यक्रममा दिलीप रायमाझी, केकी अधिकारी, एन्नी कुँवर, सुजाता कोइराला, रिस्ता बस्नेत, अनु शाह, निश्मा घिमिरे, अशिश्मा नकर्मी, नम्रता सापकोटा, रोहित रुम्बा, यशराज गरच, नीता ढुंगाना, रविन हुड्डा, निरज बराल, सुषमा कार्की आदि पनि दमदार प्रस्तुतिको तयारीमा जुटेका छन्।


 प्राय: स्रष्टाको निधनपछि सम्मान प्रदान गर्ने नेपाली परिपाटीलाई चिर्दै नयाँ स्रष्टा एवं कलाकार जिउँदो छँदै उनीहरूको नाममा पुरस्कार नामकरण गरी सम्मान गर्ने अभियानको थालनी गरेको छ | "एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार"ले नेपाली चलचित्र क्षेत्रलाई मलजल गरेका डेढ दर्जनभन्दा बढी चर्चित हस्तीहरुलाई सम्मान प्रकट गर्दैछ |

 यस संस्करणमा सर्वोत्कृष्ट नायकका लागि चलचित्र 'मौन'बाट अर्पण थापा, 'महसुस'बाट आर्यन सिग्देल, 'झोले'बाट दयाहाङ राई, 'ऋतु'बाट राजवल्लभ कोइराला र 'उमा'बाट सौगात मल्ल मनोनयनमा परेका छन् भने  सर्वोत्कृष्ट अभिनेत्रीका लागि चलचित्र 'महसुस'बाट केकी अधिकारी, '६ एकान ६' बाट नीता ढुंगाना, 'झोल'बाट प्रियंका कार्की र कालीबाट रेखा थापा मनोनयनमा परेका छन्।


 समारोहमा केहि बलिउड कलाकारहरु पनि सहभागी हुने जनाइएपनि श्रीलंकाबाट कलाकारहरु अथितिको रुपमा आउने निश्चित भएको आयोजक संस्थाले जनाएको छ |  

 
१७ विधामा उत्कृष्ट पाँचमा परेका चलचित्र, निर्देशक तथा प्राविधिकहरु को विवरण:-

 
“प्रकाश” सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार :

विकास आचार्य – नाई न भन्नुल २

हेमराज बिसी – होस्टेल

नवल नेपाल – महशुस

प्रवीन श्रेष्ठ – मोक्ष

यादब भट्टराई – झोला

 

“हिरा” सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार:

 झोला – मिडिया फर कल्चर प्रा.लि. र झोला इन्टरनेशनल

होस्टेल – दुर्गिस फिल्मस्

महशुस – सास क्रियशन

मोक्ष – मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस् प्रा.ली.

नाई नभन्नु ल २ – वान टाइम सिनेमान र एन्जल मुभिज


“शिव” सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार:

अर्पण थापा – मौन

आर्यन सिग्देल – महशुस

दयाहाङ राई – झोले

राजवल्लभ कोइराला – ऋतु

सौगात मल्ल – उमा


“भुवन” सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार:

गरिमा पन्त – झोला

केकी अधिकारी – महशुस

निता ढुङ्गाना – ६ एकान ६

प्रियंका कार्की – झोले

रेखा थापा – काली


“नीर” सर्वोत्कृष्ट सहअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार:

 केदार घिमिरे – छ एकान छ

मनोज आरसी – मधुमास

राज वल्लभ कोइराला – छ एकान छ

रमेश बुढाथोकी – राजनीति

विल्सन बिक्रम राई – प्रोड्युसर

 

“बसुन्धरा” सर्वोत्कृष्ट सहअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार:

 करिश्मा मानन्धर – किन किन

लक्ष्मी गिरी – झोला

नन्दिता केसी – पराई

रिमा विश्वकर्मा – ऋतु

सौजन्य सुब्बा – शिरिषको फूल


“विश्व” सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार:

 अनमोल केसी – होस्टेल

गौरव पहारी – मञ्जरी

कोशिष क्षेत्री – मोक्ष

सलोन बस्नेत – होस्टेल

शुशांक मैनाली – साँघुरो


“चैत्य” सर्वोत्कृष्ट नवअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार:

 एन्नि कुँवर – ब्रम्हा                                                                

कोमल वली – राजनीति

मलिना जोशी – ऋतु

प्रकृति श्रेष्ठ – होस्टेल

सुजाता कोइराला – मञ्जरी


“चेतन” सर्वोत्कृष्ट लेखन, राष्ट्रिय चलचित्र पुरस्कार:

अर्पण थापा – मौन

बिकास आचार्य – नाई न भन्नु ल २

हेमराज विसी – होस्टेल

नवल नेपाल – महशुस

शिवम अधिकारी – पराई

 

“तुलसी” सर्वोत्कृष्टसम्पादक, राष्ट्रियचलचित्र पुरस्कार:

असिम चित्रकार/ वुद्धरत्न महर्जन – अन्तराल

बद्री लामिछाने – महशुस

बनिष शाह र अर्जुन जिसी – काली

प्रवीण श्रेष्ठ – मोक्ष

सुरेन्द्र पौडेल – होस्टेल


“मञ्जु” सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार:

दीपक बज्रचार्य – झोला

हरी हुमागाई – होस्टेल

हरी लामा – बितेका पल

पुरुषोत्तम प्रधान – नाइ न भन्नु ल २

सञ्जय लामा – मौन


“भुटानी” सर्वोत्कृष्ट द्वन्द्वनिर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार:

हिमाल के.सी. – वार

एनबी महर्जन – लभ स्टोरी २०६६

राजेन्द्र खड्गी – नोथिङ इम्पोसिबल

रामजनक – योद्धा

रोशन श्रेष्ठ – काली

 

“वसन्त” सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार:

गम्भीर विष्ट – ४२० को झडका (दबाब)

गोविन्द राई – तिमी बिना (किन किन)

कविराज गहतराज – स्लोली स्लोली (काली)

रेनशा राई – तिमी ने मेरो (झोले)

शंकर बिसी – जब साँझले (बितेका पल)


“उदित” सर्वोत्कृष्ट पाश्र्व गायक, राष्ट्रिय चलचित्र पुरस्कार:

अञ्जु पन्त – आँटी सक्यो (मधुमास)

प्रेम परियार – यि आँखामा (नाइ न भन्नु ल २)

राजेश पायल राई – तिमी नै मेरो (झोले)

शिव परियार – सुन्छु तिमीले (बिन्दास २)

स्वरुपराज आचार्य – मर्ने कसैलाई (नाइ न भन्नु ल २)


“शुभ” सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार:

आशिष चित्रकार – अन्तराल

एलिस कार्की – छ एकान छ

दिनेश सुनाम – शिरिषको फूल

माहाराज थापा – मनले मनलाई छुन्छ

सुजिल कर्मचार्य – मोक्ष


“प्रदीप” सर्वोत्कृष्ट ध्वनी पुनःमुद्रण, राष्ट्रिय चलचित्र पुरस्का:

अमित श्रेष्ठ – मञ्जरी

फणिन्द्र राई – हो यही माया हो

मुकेश शाह – कालीसुनयमान श्रेष्ठ – नाई न भन्नु ल २

उत्तम न्यौपाने – होस्टेल


“शम्भु” सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार:

बसन्त सापाकोटा – यी आँखामा (नाई न भन्नु ल २)

अर्जुन पोखरेल – सुन्छु तिमीले (बिन्दास २)

सुरेश अधिकारी – दिल चुप छ (महशुस)

महेश खड्का – किन किन (किन किन)

कालीप्रसाद बास्कोटा – आज मनकै कुरा (मञ्जरी) 

 

प्रस्तुति: नविन थापा  

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!