बिर्खेले पायो यु-सर्टिफिकेट : बिर्खेलाई सवैले हेर्न पाइने (ट्रेलर सहित)

साधारण मान्छेको असाधारण कथालाई उठान गरि निर्माण गरिएको चलचित्र 'बिर्खेलाई चिन्छस्'ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ | भोलि शुक्रबारबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको सुवास थापा निर्मित चलचित्र अब सबै उमेर समुहका दर्शकले हेर्न पाउने भएका छन् |


फुल कमेडी बेस कन्टेन्ट समाबेश गरिएको चलचित्रलाई चर्चित र्यापर अराज केशव गिरीले निर्देशन गरेका हुन् | डी एण्ड डी मुभिजको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा निर्माता समेत रहेका अभिनेता सुवास थापा,आयुशा राई, विनिता खडका, सुरेस उप्रेती, बालदीप राई लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । 


सांगीतिक पक्षसंगै समग्रमा सबै पक्ष उत्कृष्ट देखिएको चलचित्र निकै प्रतिक्षाको केन्द्रबिन्दुमा रहेको छ | जगदिश्वर थापाको कथा,मोहित मुनालको सँगीत रहेको चलचित्रलाई निरज कँडेलले खिचेका छन् |


चलचित्र 'बिर्खेलाई चिन्छस्'को ट्रेलर हेर्नुहोस् :-

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!