'लुट' निर्देशकको 'टलकजंग vs टुल्के' कार्तिक १४ मा प्रदर्शन हुने

केहि वर्ष अगाडिको अत्याधिक सफल चलचित्र 'लुट' निर्देशन गरेर सबैबाट प्रशंसा कमाएका निश्चल बस्नेत पुनः चलचित्र 'टलकजंग vs टुल्के' लिएर फर्किएका छन् | आउदो कार्तिक १४ गतेका लागि प्रदर्शन मिति तोक्दै चलचित्र युनिट प्रचारप्रसारमा जुटेको छ | 


चलचित्र 'फिटकिरी' र 'कब्बडडी'मा अभिनय समेत गरेर राम्रै छाप छोडेका निश्चलको यो दोश्रो निर्देशकीय चलचित्र हो | ब्यल्याक हर्स पिक्चर्स र सत्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा रबिन्द्रसिंह बानियाँ,रोजिना सिटौला,राम कुमार बानियाँ र सिता श्रेष्ठले संयुक्त रुपमा लगानी गरेका छन् |


खगेन्द्र लामिछाने,रिचा शर्मा,सुशांक मैनाली,दयाहांग राई,रबिन्द्रसिंह बानियाँ,प्रकाश घिमिरे,रजनी गुरुङ लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र 'टलकजंग vs टुल्के'लाई खगेन्द्र लामिछानेले लेखेका हुन् | जसन कुँवरको संगीत रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन,अष्ट महर्जनको द्वन्द र शेर बहादुर लामाको छायांकन रहेको छ | 

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!