‘एउटा यस्तो प्रेम कहानी’ : चलचित्रमा रियल लाइफ जोडीको बर्चश्व

यही महिनाको अन्तिम साताबाट छायांकनमा हुने अभिनेता शिव श्रेष्ठको लगानीमा निर्माण हुन लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा रियल प्रेम जोडीको बर्चश्व रहने भएको छ । 


अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला चलचित्रमा अनुवन्धित भइसकेपछि अहिले अभिनेत्री प्रियंका कार्की र प्रेमी तथा अभिनेता आयुष्मान देशराज जोशी पनि चलचित्रमा अनुवन्धित भएका छन् । 


दिपेश सापकोटाले निर्देशन गर्ने चलचित्र नारीप्रधान भनिएको छ | चलचित्रमा वर्षा, प्रियंका र बिष्णु चेम्जोंगको लिड अभिनय रहनेछ | अभिनेता तथा निर्माता श्रेष्ठ चलचित्रमा विशेष भूमिकामा देखिने छन् भने अभिनेता दीलिप रायमाझी, भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंहलगायतका कलाकारहरुको पनि बिशेष भूमिकामा अभिनय रहने छ । 


TAGS : Shiva Shrestha , Priyanka Karki , Aayushman Joshi , Barsha Raut , Sanjog Koirala ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!