फ्राईडे रिलिज : 'साढे ७' र 'पञ्चेबाजा'मा दर्शक बाडीए,कसलाई फाइदा कसलाई घाटा ???

फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट अलनेपाल प्रदर्शनमा आएका दुई नेपाली चलचित्र 'साढे ७' र 'पञ्चेबाजा'ले सन्तोषजनक ओपनिंग गरेका छन् | आश गरिएका दुई चलचित्र एक साथ भिड्दा दर्शक बाडीन पुगेका छन् | पहिलो दिन शुक्रबारको कलेक्सन रिपोर्ट नबाहिरिएपनि हलमा दर्शक चापले निर्माण पक्षलाई केहि सन्तोष भने बनाएको छ |

भोलि शनिबारको अकुपेन्सी शुक्रबारको भन्दा केहि उच्च रहने अनुमान गरिएको छ | होली स्पेसल भन्दै रिलिज भएका दुई चलचित्र मध्ये ‘पञ्चेबाजा’ गाउले परिवेशसंग मेलखाने कथाबस्तुमा निर्माण भएको चलचित्र हो | 


चलचित्रमा जस्मिन श्रेष्ठसंगै अभिनेता सौगात मल्ल र कर्मा शाक्य मुख्य भूमिकामा अभिनय रहेको छ |घनश्याम लामिछाने निर्देशित चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन् । चलचित्रमा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यस्तै, २०७२ सालमा जारी भएको नेपालको संबिधानबाट असन्तुष्टि ब्यक्त गर्दै असोजमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कथामा निर्माण भएको चलचित्र ‘साढे ७’ मा गायक सत्यराज आचार्य लिड रोलमा छन् । 

सत्य-स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त रुपमा ‘साढे ७’ निर्माण गरेको हो । साम्तेन भुटियाले निर्देशन गरेको चलचित्रमा सत्यका अलावा मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर बाङ्देल लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । 

दर्शकसंगै आम चलचित्र जगतले आश गरेका चलचित्र एकसाथ आपसमा भिड्दा कसलाई फाइदा हुन्छ ?? फाइदा वा घाटा भन्दापनि पछिल्लो समय लयमा फर्किएको चलचित्र उद्योगको विकास दर्शक भाडेर होइन दर्शकलाई रिझाएर आफुमा बाध्न सक्नुमै छ | 


TAGS : Panchebaja , Saadhe 7 , Saugat Malla , Satya Raj Acharya , Ghanshyam Lamichhane , Samten Bhutiya , Menuka Pradhan , Kameshwor Chaurasia , Supriya Katwal , Sishir Bangdel , Karma , Rajesh Shahi , Sunil Thapa ,



MOVIES NEXT WEEK

No Movies!