खगेन्द्रको नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ बैशाख २१ बाट प्रदर्शन हुने

चलचित्र ‘डमरुको डण्डीबियो’ले आफ्ना दुई नयाँ पोस्टर सार्बजनिक गर्दै प्रदर्शन मिति तय गरेको छ । चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत यो चलचित्र २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । 

 

खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रले नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई उठान गरेको छ |

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको चलचित्रको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँमा भएको हो । कालीप्रसाद बाँस्कोटाको संगीतमा हरी हुमागाइँले खिचेको चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका छन् | छेतनले यस अघि 'नोभेम्बर रेन''क्लासिक' लगायतका चलचित्र लेखेका थिए |


TAGS : Damaru ko Dandibiyo , Khagendra Lamichane , Chhetan Gurung , Binod Gurung , Menuka Pradhan , Anup Baral , Buddhi Tamang ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!