फ्राईडे रिलिज : तीन चलचित्र एक साथ हलमा,मोफसलका केहि जिल्लामा ‘संरक्षण’को रि-रिलिज

आज शुक्रबारबाट फ्राईडे रिलिज अन्तर्गत तीन नयाँ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । ‘ब्लाइन्ड रक्स’, ‘नाका’ र ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ नामक तीन चलचित्र अलनेपाल रिलिज भएका छन्। 

फरक जनराका यी तीन चलचित्रमध्ये ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ प्रचारप्रसारमा नआएपनि अन्य दुई चलचित्र ‘ब्लाइन्ड रक्स’ र 'नाका' भने प्रतिक्षित चलचित्रको रुपमा रहेका थिए | दृष्टिविहीन युवती सृष्टि केसीको जीवन कथामा आधारित चलचित्र  ‘ब्लाइन्ड रक्स’ले सेन्सर पाससहित आफ्नो प्रिमियर शोमा राम्रो रेस्पोन्स प्राप्त गरेको थियो | यता ‘नाका’ ले नेपाली सिमानाकामा हुने गरेका अवैध कारोबारहरुको कथा प्रस्तुत गरेको छ । यस्तै, ‘तिम्रै छोरी तरुनी’ कमेडी जनराको चलचित्र हो । 


अभिनेत्री वेनिशा हमाल सृष्टि केसीको भूमिकामा प्रस्तुत भएको चलचित्र ‘ब्लाइन्ड रक्स’मा अर्पण थापा,गौरी मल्ल,बसन्त भट्ट,अनिल केशरी शाह लगायतका कलाकारले अभिनय गरेका छन् | निकेश लिम्बुले निर्माण गरेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् |

यता ,भस्मे डन उपनामले परिचित अभिनेता विपिन कार्की अभिनित चलचित्र ‘नाका’ मिडिया पोर्टको ब्यानरमा निर्मित चलचित्र हो |अमित श्रेष्ठले चलचित्र निर्देशन गरेका हुन् । चलचित्रमा रोबिन तामाङ, प्रकाश गन्धर्व, सजन थापामगर, रामभजन कामत, अभिषेक सुवेदी, केशव राई ,घनश्याम जोशी लगायतका कलाकारको अभिनय रहेको छ |

यस्तै, अभिनेता जयकिशन बस्नेत अभिनीत फिल्म ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ सुरेश असिम निर्देशित चलचित्र हो | बिना प्रचारप्रसार हल छिरेको चलचित्रमा विष्णु सापकोटा, महिमा सिलवास लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

यी तीन चलचित्रसँगै राजधानी बाहिरका केही जिल्लामा साउन २७ गते प्रदर्शन भएपनि भिषण वर्षाले तरार्इका अधिकांश भु–भाग डुबानमा परेसंगै प्रदर्शन स्थगित भएको अभिनेताद्वय सौगात मल्ल र निखिल उप्रेती स्टारर चलचित्र  ‘संरक्षण’ रि-रिलिज भएको हो । 


TAGS : Blind Rocks , Naakaa , Bipin Karki , Benisha Hamal , Arpan Thapa , Gauri Malla , Robin Tamang , Amit Shrestha , Milan Chams , Nikhil Upreti , Saugat Malla ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!