झोला टिमको नयाँ चलचित्र 'भोर' बैशाख २१ बाट दर्शकमाझ
Published Date:2074-11-18
नेपालको तराई क्षेत्र अझ भनौ भित्रि मधेशमा व्यापक समस्याको रुपमा रहेको दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतारिएको चलचित्र 'भोर'को फर्स्टलुक पोष्टर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रलाई दुई बर्ष अगाडी एतिहासिक कथावस्तुमा निर्माण भई सफलताका साथ प्रदर्शन भएको चलचित्र ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् |
जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा निर्देशक भट्टराईले फिल्मको पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छिन् ।
कृष्ण धारावासीको कथामा निर्मित चलचित्रमा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरुको अभिनय रहेको छ | चलचित्रलाई राज तिमल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् |