सार्बजनिक भयो 'शत्रुगते' ट्रेलर : चलचित्रमा सबैका आ-आफ्ना किस्सा

बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार दिउँसो राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई समावेश गरिएको छ । चैत ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको कमेडी जनराको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् |


चलचित्रमा अभिनेता पल शाहले पहाडिया युवक र अभिनेत्री आँचल शर्माले मधेसी युवतीको भूमिका निर्वाह गरेका छन् । पल र आँचलको विवाहमा बाधक बन्ने अरु पात्रहरुको वरिपरि चलचित्र घुमेको छ । 

चलचित्रमा अभिनेत्री प्रियंका कार्की र अभिनेता दीपकराज गिरीको जोडी बाँधिएको छ भने यता हरिवंश आचार्यको श्रीमतीको भूमिकामा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला प्रस्तुत छिन् ।त्यस्तै,मदनकृष्ण श्रेष्ठ र किरण केसीलाई सेक्रुटी गार्डको भूमिकामा देख्न सकिन्छ |

हेर्नुहोस चलचित्रको ट्रेलर :-


TAGS : Shatru Gate , Pradeep Bhattrai , Paul Shah , Aanchal Sharma , Deepa Shree Niraula , Hari Bansha Acharya , Kiran K.C. , Deepak Raj Giri ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!