‘लिलिबिली’ : ट्रेलरमा देखिएको प्रदिपसंग प्रियंकाको सस्पेन्स सम्बन्ध कस्तो होला ?? (भिडियो सहित)

चलचित्र 'प्रेमगीत'को सफलता लगत्तै युवा स्टार प्रदीप खड्काको व्यस्तता ह्वात्तै बढेको छ | प्रेमगितका दुवै सिक्वलमार्फत दर्शक क्रेज बढाउन सफल प्रदिप अभिनीत पछिल्लो चलचित्र ‘लिलिबिली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाण्डौमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।


२ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो ।सार्बजनिक ट्रेलरमा रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटिएको छ। प्रदीप र नव-नायिका जसिता गुरुङको प्रेममा अभिनेता अनुप विक्रम शाही भिलेन बनेका छन् ।

 ट्रेलरमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । प्रेमकथामा आधारित एउटा पूर्ण चलचित्र हेर्न चाहने दर्शकका लागि निर्देशक मिलन चाम्सको गतिलो उपहार हो यो चलचित्र |

 आगामी चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्रमा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय रहेको छ । ‘लिलिबिली’ स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो ।

'लिलिबिली' ट्रेलर हेर्न यो लिंक थिच्नुहोस् :-


TAGS : Lily Bily , Milan Chams , Pradeep Khadka , Jashita Gururng , Priyanka Karki , Anoop Bikram Shahi ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!