'फ्राइडे रिलिजमा पुनः तीन चलचित्र' : फरकफरक दर्शकका लागि फरक जनराका चलचित्र

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नवल नेपाल निर्देशित चलचित्र ‘मंगलम’, यम थापा निर्देशित  ‘हुर्रे’ र गणेश देव पाण्डे निर्देशित ‘गाजा बाजा’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । 

छविराज ओझा निर्मित २३ औँ चलचित्र ‘मंगलम’ 'पर्ख पार्क मायालु'बोलको गीतबाट चर्चामा रहेको छ जसमा शिल्पा पोख्रेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । पारिवारिक प्रेमकथामा आधारितमा निर्देशक नवल नेपालको संवाद छ । 


 ‘मालतीको भट्टी’ र ‘मञ्जरी’ फिल्म निर्देशन गरिसकेका गणेशदेव पाण्डे विभिन्न मुद्धामामला खेप्दै अन्तत: ‘गाजा बाजा’लाई दर्शकमाझ प्रदर्शन गर्न सफल भएका छन् | लागूऔषध एबम कुलतमा फसेका युवाहरुको कथा बोकेको चलचित्र सेन्सर बोर्डबाट 'एडल्ट' सर्टिफिकेट पाउदै प्रदर्शनमा आएको हो |

 चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । 

यस्तै, स्क्रिप्ट राईटर यम थापाको ‘हुर्रे’ दोस्रो निर्देशकीय चलचित्र हो । कमेडी जनरामा बनाइएको चलचित्रको कथा निर्देशक थापा आफैंको हो । अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खडका लगायतका कलाकारहरु चलचित्रमा लिड रोलमा छन् । फरक जनराका यी तीन चलचित्र एकसाथ प्रदर्शनमा आउदा चलचित्रको ब्यापारमा भने प्रत्यक्ष असर पर्ने देखिन्छ |


TAGS : Gaja Baja , Mangalam , Hurray , Yam Thapa , Ganesh Dev Pandey , Nawal Nepal , Shilpa Pokharel , Anoop Bikram Shahi , Sushil Sitaula , Keki Adhikari , Puspa Khadka , Bijay Baral , Mithila Sharma ,



MOVIES NEXT WEEK

No Movies!