'भैरे' गित सार्बजनिक : ‘सान्नानीलाई भेट्न आउँदा’मा वर्षा,विक्रान्त र बुद्धिको यस्तो ठुम्का (भिडियो सहित)

दयाहाङ राई अभिनित पछिल्लो चलचित्र ‘भैरे’ को पहिलो अफिसियल गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरिएको हो। 

गीतको भिडियोमा अभिनेताद्वय विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा सिवाकोटी फिचरिंग छन् । बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले आवाज भरेका छन् । 


कविराज गहतराजले गितमा नृत्य निर्देशन गरेका छन् भने पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा गीत खिचेका छन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको चलचित्रका निर्माता प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी हुन्। 

चलचित्र दयाहांग,विक्रान्त,बुद्धि र वर्षाबाहेक सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

गितको भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् :


TAGS : Bhaire , Dayahang Rai , Barsha Shivakoti , Bikrant Basnet , Buddhi Tamang , Melina Rai , Basanta Sapkota , Yam Baral ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!