'कृ' निर्माता सुवास गिरी पक्राउ : गीत चोरीको आरोप

चलचित्र 'कृ' का निर्माता सुवास गिरी पक्राउ परेका छन्। चलचित्र सम्झनाको 'उकालीमा अघिअघि..' बोलको गीत चोरी गरी आफ्नो चलचित्रमा राखेको भन्दै सम्झनाका निर्माता शम्भु प्रधानले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले अनुसन्धानका लागि गिरीलाई पक्राउ गरेको हो |


रन्जित गजमेरको संगीत रहेको यो गीतमा अल्मोडा राना उप्रेतिले रिमेक म्युजिक दिई उनैले गाएको गीत 'कृ' मा राखिएको थियो। गीत उप्रेति र सविन 'एकतारे'ले लेखेका थिए। प्रतिलिपि अधिकार हनन् भएको दावी गर्दै क्षतिपूर्तिको मागसहित प्रधानले प्रहरीमा उजुरी दिएका थिए। 

प्रतिलिपि अधिकार ऐनको उल्लङ्घन गरेको अदालतले ठहर गरेमा उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ। 

चलचित्र 'कृ'को चोरी गरिएको भनिएको गित :-


चलचित्र 'सम्झना'को गित :-




TAGS : Kri , Samjhana , Subas Giri ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!