असार २३ मा श्वेता- श्रीकृष्णको लगनगाठो कस्सिदै

 नेपाली सिने जगतका महानायक राजेश हमालले बिहे नगर्दासम्म आफुले बिहे नगर्ने बताएका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठले चलचित्र 'कहाँ भेटिएला' डेब्युट अभिनेत्री श्वेता खड्कालाई आउदो असार २३ गते घर भित्राउने भएका छन् | पाँच बर्षअघि चलचित्र 'कहाँ भेटिएला' मार्फत हिरोइन बनेकी श्वेता र उक्त चलचित्रका निर्माता तथा अभिनेता श्रीकृष्णको त्यही समयबाटै प्रेम सम्बन्ध सुरु भएको थियो |


क्षेत्री समुदायकी श्वेता र नेवार समुदायका श्रीकृष्णको पारिवारको संस्कृति केही अलग हुने भएपछि सामान्य तरिकाले विवाह हुने बताईएको छ । चलचित्र नगरीमा उत्कृष्ट जोडीहरुको लिष्टमा पर्ने उनीहरुले विवाहकै दिन भव्य रिसेप्सन पार्टी आयोजना गर्ने कार्यक्रम पनि तय भएको स्रोतले जनाएको छ | 


श्रीकृष्ण र श्वेताले संयुक्त रुपमा सञ्चालन गर्दै आएको गौशालास्थित ईन्द्रणी होटलमा यी दुईको बिहे विधि सम्पन्न हुनेछ । समारोहमा आफन्त, फिल्मकर्मी, मिडियाकर्मी तथा श्रीकृष्ण र श्वेताको निकटका राजनीतिक दलका नेताको उपस्थिति रहने जनाइएको छ ।


यसैबीच श्रीकृष्ण र श्वेताको संयुक्त लगानीमा बनेको बहुप्रतिक्षित चलचित्र ‘कोहिनूर’  बिहे भएको महिना दिनपछि प्रदर्सनमा आउने भएको छ | साथै,बिहेले चलचित्र ‘कोहिनूर'को प्रचारप्रसारमा केहि मद्दत पुग्ने अपेक्षा गरिएको छ |

MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!